सचिव श्रीमानलाई जगेडामा खाँदेपछि वालेन्द्र सरकारको नजर सहसचिव श्रीमतीमाथि

आइतबार, जेठ २४, २०८३

प्रधानमन्त्री वालेन्द्र शाहलाई  सकेसम्म मुख्यसचिव यदि त्यो नभएको खण्डमा राजदूतमै पनि राजी हुन्छु भन्ने आसयको बिन्तिपत्र ह्वाट्एपमा पठाएपछि विवादित बनेका सचिव कृष्णहरि पुष्कर दोहोरो कारवाहीमा परेका छन् ।

एकातिर प्रहरी अड्डामा पुगेर कागज गर्नुपर्ने भाउँतो आईलाग्यो भने अर्कातिर उपराष्ट्रपति कार्यालयबाट जगेडामा जाकिनुपर्यो । जेठ २१ गते नुवाईधुवाई गरेर बालेनलाई म्यासेज गरेका उनी माथिको आदेशमा सात घण्टासम्म अलल्लीनु परेको थियो ।

महोत्तरी घर भएका सचिव पुष्करलाई मात्र नभएर निजकी श्रीमती आभा श्रेष्ठ कर्ण माथि पनि बालेन सरकारको नजर परेको छ। सचिव पति म्यासेज पठाउनाले डामिएपनि सहसचिव श्रीमतीले भने कुनै कसुर गरेकी छैनन् । तर, उनको सरुवा भने तत्कालै हुँदै छ । उनी महिला, बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयमा दुई वर्षभन्दा बढी समयदेखि एउटै मन्त्रालयमा कार्यरत छन्। एक सरूवा अवधिभन्दा बढी समयदेखि डेरा जमाएर बसेकी उनलाई मधेश प्रदेश धकेलिने बुझिएको छ। सुदुरपश्चिमको डोटी जिल्ला माईती भएकी उनी सचिव बढुवाको अघिल्लो लाईनमै छिन् ।

श्रीमान् पुष्करकै आडमा श्रेष्ठ दुई वर्ष बढी समयदेखि महिला मन्त्रालयमा रजगज गरेर बसिरहेकी उनलाई पनि बालेन सरकारले तितरबितर पार्ने भएको हो।

श्रेष्ठ पनि ३ वर्षभन्दा बढी समयदेखि त्यहाँ कार्यरत रहेकी छिन्। मन्त्रालयको महिला सशक्तीकरण महाशाखा प्रमुख रहेकी उनको सरुवा गरेर सरकारले सुशासनमा सशक्तीकरण गरेर देखाउने भएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ २४, २०८३  ०९:२८
प्रतिक्रिया दिनुहोस्