सुत्ने बेलामा ‘आई लभ यु बुढी’ भन्न लगाउने पुलिसका हाकिम आफैं फन्दामा परे

मंगलबार, जेठ ५, २०८३

प्रत्येक दिन सुत्ने बेलामा घर–परिवारसँग कम्तीमा पनि एक मिनेट फोनमा बोल्नै पर्ने र बोल्ने क्रममा ‘आई लभ यु बुढी’ भन्नै पर्ने अभियान शुरु गराउने प्रहरीका हाकिममाथि थुनुवालाई ज्वाई मेजमानी गरेको आरोप लागेको छ ।

स्याङ्जा प्रहरी प्रमुख हुदाँ २०७७ मंसीरमा आई लभ यु बुढी अभियान चलाएका हालका एसएसपी होबिन्द्र बोगटी माथि छानबिन थालिएको हो।

उनीमाथि छानबिन गर्नुपर्ने कारण चाँही दुई थुनुवालाई हिरासतमा ज्वाईलाई भन्दा चर्को सुबिधा दिनु हो । विभिन्न काण्डमा जोडिएका बिचौलिया दीपक भट्ट र उनका मतियार सुलभ अग्रवाललाई हिरासतममै भएभरको सुविधा बोगटीले किस्तीमै थमाएको उजुरी प्रधानमन्त्री वालेन्द्रको अड्डामा पुगेपछि उनीमाथि अनेक कोणबाट छानबिन शुरू भएको हो।

हुन पनि प्रहरी भित्र बोगटीलाई नमूना हाकिमको पगरी भिराइएको अलि पहिल्यैबाट हो। उनको भाईरल र तिकडम विचारका बारेमा अहिलेका आईजिपी दानबहादुर कार्की झनै जानिफकार छन् । उनैको निर्देशनमा होबिन्द्रमाथि छानबिन थालिएको हो।

दानबहादुर काठमाण्डौ प्रहरी प्रमुख छँदा बोगटी उनैसंग काम गर्थे । कार्कीको मुद्दा शाखाका डिएसपी बोगटीका कारण दानबहादुरले तत्कालिन एक राज्यमन्त्रीको खुट्टै ढोग्नुपर्ने अवस्था आएको थियो ।

प्रकाशित मिति: मंगलबार, जेठ ५, २०८३  ०९:२१
प्रतिक्रिया दिनुहोस्