चार वटा मन्त्रालय कोल्याप्स, मन्त्रिपरिषद्को बैठकले मन्त्रालयको संख्या घटायो 

बुधबार, वैशाख ३०, २०८३

आज बुधबार सबेरै बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रालयको संख्या घटाउने निर्णय गरेको छ । बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रालयको संख्या १७ मा झार्ने निर्णय गरेको हो ।

अब प्रधानमन्त्री कार्यालयसहित १८ मन्त्रालय हुनेछन् । यसअघि २२ मन्त्रालय थिए । 

यी हुन् प्रधानमन्त्री कार्यालयसहित पुनर्गठित १८ मन्त्रालय

१.प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

२.अर्थ मन्त्रालय

३.उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

४.ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय

५.कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय

६.कृषि, वन तथा पर्यावरण मन्त्रालय

७.गृह मन्त्रालय

८.परराष्ट्र मन्त्रालय

९.पूर्वाधार विकास मन्त्रालय

१०.भूमि, सहकारी, सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

११.महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय

१२.युवा, श्रम तथा रोजगार मन्त्रालय

१३.रक्षा मन्त्रालय

१४.विज्ञान, प्रविधि तथा नवप्रवर्तन

१५.शिक्षा तथा खेलकुद मन्त्रालय

१६.सूचना तथा सञ्‍चार मन्त्रालय

१७.संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय

१८.स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय

प्रकाशित मिति: बुधबार, वैशाख ३०, २०८३  १२:११
प्रतिक्रिया दिनुहोस्