‘मामाको घोडा मेरो हिहि’ गर्नेलाई सरकारले हान्यो चड्कन, ७०१ वटा गाडी फिर्ता

सोमबार, वैशाख २८, २०८३

वालेन्द्र सरकारले ‘मामाको घोडा मेरो हिहि’ युगको अन्त्य गरिदिएको छ। सरकारले दोहोरो सुविधाका नाममा दुरुपयोग गरिएका ७०१ वटा गाडी फिर्ता ल्याएको छ। ती गाडी ३४ निकायबाट गाडी फिर्ता ल्याईएको हो। 

विभिन्न राजनीतिकर्मी र पूर्वप्रशासक समेतले मामाको घोडा मेरो हिहि गर्ने कर्म अन्तर्गत प्रयोग गरि आएका गाडी तानतुन पारेको हो। यो भए संगै राज्यको सम्पत्ति दाईजो लिने चलन लगभग अन्त्य भएको हो। 

सबभन्दा बढी अर्थ मन्त्रालयबाट लगिएका १२४ वटा गाडी फिर्ता ल्याइएको छ। त्यस्तै, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट गएका १६, ऊर्जा तथा जलस्रोत मन्त्रालयबाट गएका १६ सवारी साधन फिर्ता ल्याइएको छ।

कानुन, न्याय तथा संसदीय मन्त्रालयबाट गएका ८, कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट २०, खानेपानी मन्त्रालयबाट ५, गृह मन्त्रालयबाट लगिएका २१ वटा गाडी सरकारले खोसेको छ।

परराष्ट्र मन्त्रालयबाट ८, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट १२, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट ६४, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट ६, रक्षाबाट १४, वन तथा वातावरण मन्त्रालयबाट १३, सहरी विकास मन्त्रालय अन्तर्गतबाट गएका ७५ गाडी फिर्ता ल्याइएको छ।2083_01_24.jpg-(2)-1778478998-1778484181.jpeg
 

प्रकाशित मिति: सोमबार, वैशाख २८, २०८३  १३:०८
प्रतिक्रिया दिनुहोस्