पार्वतीलाई धपाएर धोलकलाई कर्मचारी सरुवाको ढोलक बजाउने जिम्मा, सम्पत्तिमा अर्का ढकाल 

बुधबार, वैशाख १६, २०८३

एमाले सत्तामा रजगज गर्दै आएका सहसचिव तितरबितर हुँदा ओझेलमा पारिएका सहसचिव सतहमा देखिन थालेका छन्। एमाले सत्ताकै फेर समातेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रशासन महाशाखा प्रमुख बनेकी पार्वती शर्मालाई प्रदेश तर्फ धपाएर त्यहाँ धोलकराज ढकाललाई ल्याईएको छ। शर्मालाई मधेश प्रदेश पठाईएको छ। ढकाल कर्णाली प्रदेशबाट सिङ्गदरबार भित्रिएका हुन्। 

यता,सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकमा सहसचिव निर्मल ढकाल नियुक्त भएका छन्। अर्थ मन्त्रालयले ढकाललाई महानिर्देशकको जिम्मेवारी दिएको हो। ढकाल यसअघि सोही विभागमा उपमहानिर्देशकको रुपमा कार्यरत थिए।

यअसघिका महानिर्देशक गजेन्द्र ठाकुरलाई अर्थ मन्त्रालयमा तानिएएको थियो। त्यससँगै विभागमा महानिर्देशक पद रिक्त रहेको थियो।

प्रकाशित मिति: बुधबार, वैशाख १६, २०८३  १०:५६
प्रतिक्रिया दिनुहोस्