सोसल मिडिया
युनिकोड
हङकङको महावाणिज्यदूतमा नियुक्त भएको ठिक एक वर्ष एक महिना पुग्न एक दिन बाँकी छँदा सहसचिव विन्देश्वरप्रसाद लेखकलाई वालेन्द्र सरकारले फिर्ता बोलाएको छ। विदेशमा मात्र जागिर खान र डलर थाप्न पल्किएका लेखकलाई एक वर्षमै सुख्खा हात लागेको हो।
च्याँखे थाप्ने क्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बरण्डामा एक वर्ष हल्लिएर जसोतसो परराष्ट्र मन्त्रालयमा हालफालेका लेखक त्यहाँ पनि आठ महिना हल्लिनु परेको थियो। सामान्यमा एक बर्ष बरण्डामा हल्लिनुअघि उनी विश्व बैंकमा जागिरे थिए।
२०८१ चैत १० गते ओली सरकारले उनलाई हङकङको महावाणिज्यदूत बनाएको थियो। बालेन सरकारले उनलाई २०८३ बैशाख ११ गते फिर्ता बोलाएको हो। एक वर्ष एक महिना पुग्न एक दिन बाँकी हुँदै उनाले स्वदेश फर्कनु पर्ने भएको छ। उनलाई स्वदेश फर्कन २० दिनको म्याद छ।
२०७९ चैतमा आन्तरिक प्रतिस्पर्धाबाट प्रशासन सेवाको सहसचिव भएका लेखक ओली सरकारका गृहमन्त्री रमेश लेखकका भतिजा नाता पर्ने व्यक्ति हुन्। विन्देश्वर शाखा अधिकृत हुँदा उपसचिव जाने गरेको विश्व बैंकमा जागिर खान गए। अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाललाई तानेर उपसचिव नरेन्द्र पाण्डे गएका थिए। उपसचिव किशोर जोशी गएको उक्त ठाउँमा शाखा अधिकृत कै हैसियतमा रहेका विन्देश्वर जान सफल भएका थिए। विश्व बैंकमा काम गरेर फर्किएपछि ६ महिना अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखामा अन्तर्गत काम गर्नुपर्नेमा उनी राजस्व अनुसन्धान कार्यालय, ईटहरी गएका थिए। अर्थ मन्त्रालयका अधिकारीहरूका अनुसार दाताको सर्तविपरीत विश्व बैंकबाट फर्किनेबित्तिकै विन्देश्वर राजस्व अनुसन्धान कार्यालय, ईटहरीमा तरमार्न गएपछि दाताले ‘कम्प्लेन’ गरेका थिए। विश्व बैंकका अधिकारीहरूले ‘कम्प्लेन’ गरेपछि तत्कालीन अर्थमन्त्री रामशरण महतले उनलाई हप्काएका समेत थिए।
२०७३ मा उपसचिव भएपछि विन्देश्वरको पहिलो पोस्टिङ नै तस्करी हुने नाका भनेर परिचित कपिलवस्तुको कृष्णनगर भन्सारको प्रमुख भन्सार अधिकृत भएर गए। उनले कृष्णनगरबाट भन्सार विभाग चलाउने गरेको तत्कालीन भन्सारका कर्मचारीहरू बताउँछन्। कतिसम्म भने तत्कालीन भन्सार विभागका महानिर्देशक रामशरण चिमोरियालाई विन्देश्वरले कुन कर्मचारी कहाँ सरूवा गर्ने भनेर सरूवा सूची बनाएर दिन्थे। विन्देश्वरले दिएको भन्सारका कर्मचारी सरूवाको ‘चिट’ हराएपछि चिमोरियाको चिटचिट पसिना आएको समेत त्यो परिदृश्य देख्ने कर्मचारीहरू सुनाउँछन्।
२०७४ सालमा केपी शर्मा ओली नेतृत्वको बाम गठबन्धनको सरकारमा अर्थमन्त्री बनेका युवराज खतिवडाले समेत विन्देश्वरलाई हप्काएका थिए। खतिवडा निकट एक कर्मचारीका अनुसार कृष्णनगर भन्सार प्रमुख हुँदा विन्देश्वरलाई अर्थमन्त्री खतिवडा ड्राइभरलाई गाडी पठाएर आफू भने सधै प्लेनमा आउने भनेर हप्काएका थिए। उनको विषयमा धेरै ‘कम्प्लेन’ आएपछि खतिवडाले कार्यकक्षमैं बोलाएरै हप्काएको सुनाए। विन्देश्वर कृष्णनगर भन्सार प्रमुख हुँदा अर्थ मन्त्रालयले छुट्टै अनुसन्धान टोली खटाए सामानको पुनः जाँच गर्ने क्रममा बदमासी गरेको फेला परेपछि उनलाई विभागमा तानिएको थियो। त्यसपछि राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग पुगेका विन्देश्वर त्यहीँबाट जापान पढ्न गए।
शाखा अधिकृत हुँदा विश्व बैंक, उपसचिव हुँदा जापान र सहसचिव भएपछि हङकङ पुगेका विन्देश्वर नेपालभन्दा विदेश नै ताक्नेमा परेका छन्। अब भने लेखक फेला पर्ने भएको छ। फेरि पनि बरण्डामा हल्लिएर प्रदेश तर्फ झोक्राउनु पर्ने भयले लेखक असिनपसिन भएको उनी निकटको भनाई छ।