सोसल मिडिया
युनिकोड
वालेन्द्र सरकारले दुई दर्जनमा एक थपेर २५ जना सहसचिवलाई यताउता पारेको छ। सरुवा गरिएका सबै अघिल्लो सत्ताका फुर्तिफार्ती सहसचिव हुन्। एमालेको सत्ताका समयमा चाँदी काटेकालाई खोजीखोजी प्रदेशमा पठाईएको छ।
बागमती प्रदेशमा सरूवा हुँदा एमालेको सत्ता दुरूपयोग गरेर सामान्य प्रशासन मन्त्रालयको प्रशासन महाशाखामा पुगेकी तरमारा सहसचिव पार्वतीलाई बालेन सरकारले मधेश प्रदेश पठाएको हो। त्यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रशासन महाशाखा प्रमुख नारायणप्रसाद अर्याल पनि प्रदेश सरुवा भएका छन्। सिंहदरबारभित्रै रजगज गर्दै आएका सहसचिव अर्याल लुम्बिनी प्रदेश सरूवा भएका हुन्। एमाले सत्तामा रमाइरहेका अर्याल प्रदेश जानु परेकै थिएन। बालेन सरकारले उनलाई प्रदेश जाने अवसर दिएको छ।
सहरी विकास मन्त्रालयका विवादित सहसचिव नारायणप्रसाद मैनालीको बागमती प्रदेश सरूवा भएको छ। सहसचिव हुनेबित्तिकै सहरी विकास मन्त्रालयको प्रशासन महाशाखामा तरमार्न पुगेका सहसचिव मैनालीलाई हेटौडा पठाईएको छ। भाई भन्दा कान्छा उनले पनि अवकाश नजिकिदै जाँदा धपाईनु परेको हो।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयकी सहसचिव अनिता निरौला पनि प्रदेश सरूवा भएकी छिन्। शिक्षा मन्त्रालयको प्रशासन महाशाखा प्रमुख निरौला बागमती प्रदेश सरूवा भएकी हुन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी सहसचिव रोशनी कुमारी श्रेष्ठको कर्णाली प्रदेशमा सरुवा भएको छ। उनी प्रशासन महाशाखा हेर्दै आएकी थिइन्।
पूर्वस्वास्थ्य सचिव लक्ष्मण अर्यालकी श्रीमती निता पोखरेल अर्याल लुम्बिनी प्रदेश पुगेकी छिन्।