सहसचिवलाई पन्छाएर उपसचिवलाई सिडिओ, वालेन सरकारले पनि पुरानैको झल्को दियो

मंगलबार, वैशाख ८, २०८३

कुशासनले शिखर टेकेपछि सुशासनको माग सहित भएको जेनजी आन्दोलनले सनातनी सत्ता ध्वस्त भएर बनेको नयाँ सुशासनी सरकारमा पनि झन् ज्यादा कुशासनको स्वरुप देखिएको छ। 

चुनावी सरकारी प्रधानमन्त्री सुशीला कार्कीले सुधार सिङ्गदरबारबाटै गर्नुपर्ने निचोड निकालेकी थिईन। उनका अनुसार मन्त्रालयको उपल्लो तहनै कुशासनको मुहान भएको उनको ठम्याई थियो। अहिले वालेन सरकारको शासनमा पनि चलिआएको कुशासनी संस्कार जस्ताको त्यस्तै छ। 

चलखेलका आधारमा र धूत हालेकै भरमा यस अघि सहसचिवको दरबन्दी भएका जिल्लामा उपसचिवलाई सिडिओ बनाएर पठाउने गरिएको थियो। जुन कानूनी व्यबस्थाको विपरित हो। अहिले पनि त्यो विपरित कार्यलाई निरन्तरता दिएपछि जुन जोगी आए पनि कानै चिरेका भन्ने नेपाली उखानले झन् सार्थकता पाएको छ। 

सहसचिवको दरबन्दी रहेको जुम्ला, अछाम र डोटीमा उपसचिव सिडिओ कायम रहेका हुन्। जुम्लामा उपसचिव दिपक पौडेल, अछाममा यज्ञबहादुर बुढा र डोटीमा कल्पना घिमिरे नेपाल सिडिओको भूमिकामा छन्। जुम्लाको प्रमुख जिल्ला अधिकारी (सिडिओ)मा ६ महिना अघिदेखि उपसचिव दीपक पौडेलले कमाण्ड सम्हालिरहेको पाइन्छ। २०८२ मंसिर १ गते कास्कीका पौडेल जुम्लाको सिडिओमा हाजिर भएका हुन्। सहसचिवको दरबन्दीमा उपसचिव सिडिओ खटाउनु पनि प्रशासनिक बेथिति नै हो।

जुम्लाको प्रमुख जिल्ला अधिकारी (सिडिओ)मा ६ महिना अघिदेखि उपसचिव दीपक पौडेलले कमाण्ड सम्हालिरहेको पाइन्छ। २०८२ मंसिर १ गते कास्कीका पौडेल जुम्लाको सिडिओमा हाजिर भएका हुन्। सहसचिवको दरबन्दीमा उपसचिव सिडिओ खटाउनु पनि प्रशासनिक बेथिति नै हो।

जुम्लामा मात्र होइन अछाम र डोटीमा पनि सहसचिवको दरबन्दीमा उपसचिव सिडिओ रहेका छन्। अछाममा उपसचिव यज्ञबहादुर बुढा र डोटीमा उपसचिव कल्पना घिमिरे नेपाल मंसिरदेखि नै सिडिओको भूमिकामा रहको पाइन्छ। घिमिरे २०८२ मंसिर १ र घिमिरे मंसिर १२ गतेदेखि प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी रहेका छन्। यता, गृह मन्त्रालयमा सहसचिव निराजन घिमिरे काम नपाएर हल्लिरहेका छन्। बरण्डामा सहसचिव हल्लाएर उपसचिवलाई जिम्मा दिएर सरकारले रमिता देखाएको हो। 

प्रकाशित मिति: मंगलबार, वैशाख ८, २०८३  ११:४८
प्रतिक्रिया दिनुहोस्