प्रधानमन्त्री वालेनले भारत जान उचाले खुट्टो, स्वागतका लागि मोदी पनि तम्तयार

आइतबार, चैत २९, २०८२

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई आफ्नो देश भ्रमणको निम्तो दिएपछि सरकारले आन्तरिक तयारी थालेको छ। यद्यपि नेपाल सरकारले यसको औपचारिक घोषणा गरिसकेको छैन। 

परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार भारतीय प्रधानमन्त्री मोदीले भ्रमणको निम्ति दिएका छन् र प्रधानमन्त्री बालेनले त्यो स्वीकार गरेका हुन्। 

नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुन हाल मौरिससमा रहेका परराष्ट्रमन्त्री खनालले भारतीय अनलाइन विअन (डब्ल्यूआईओएन) सँगको कुराकानीमा मोदीले शुभकामना सन्देश पठाउँदा नै भारत भ्रमणको निम्ता दिएको र त्यसमा नेपाल सरकारले सहमति जनाएको बताएका हुन्।

यद्यपि भ्रमणको मिति तोक्न भने बाँकी रहेको उनको भनाइ छ। 

‘हाम्रा प्रधानमन्त्री (बालेन शाह) ले बधाई सन्देशमा (भ्रमणको) निमन्त्रणा प्राप्त गर्नुभएको छ। प्रधानमन्त्रीले स्वीकार पनि गर्नुभएको छ उनले डब्ल्यूआईओएन) सँग भनेका छन्, तर मिति र समय हाम्रा संयन्त्रले निर्धारण गर्नेछन्।’ 

परराष्ट्रमन्त्री खनालले मौरिससमै गत शुक्रबार भारतका विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका थिए।  

त्यस क्रममा द्विपक्षीय सम्बन्धका विभिन्न विषयमा छलफल भएको उनले उल्लेख गरेका छन्। 

मुख्य रूपमा हामीले नयाँ सरकारको हैसियतले हाम्रा प्राथमिकताहरू तयार पार्नेबारे कुरा गर्‍यौँ’, उनले भनेका छन्।

प्रकाशित मिति: आइतबार, चैत २९, २०८२  १०:१३
प्रतिक्रिया दिनुहोस्