सोसल मिडिया
युनिकोड
विद्युतीय चुरोट (भेप)मा लुकाएर सुन तस्करी गराएको अभियोगमा पूर्वसभामुख तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता कृष्णबहादुर महरा, उनका छोरा राहुल र नेपाल सरकारका सहसचिव अरुण पोखरेलसहितलाई प्रतिवादी बनाएर भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । उनीहरूविद्ध साढे ७ करोड बिगो कायम गरिएको छ । अख्तियार उच्च स्रोतका अनुसार महराका बाबुछोरा, सहसचिव पोखरेलसहित २५ जनालाई प्रतिवादी बनाइएको छ ।
चिनियाँ तस्करसँग मिलेर भेपको आवरणमा सुनको अवैध ओसारपसार गराएको अभियोगमा आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
२०७९ पुसमा चिनियाँ गिरोहले भेपको आवरणमा भित्र्याएको सुन पास गराउन पूर्वसभामुख महरासहितका व्यक्तिले काम गरेको अख्तियारको दाबी छ ।