आफ्नै पार्टीका कार्यकर्ता कर्मचारी गौरीको प्रतिवेदनले ओलीलाई हिरासत पुर्‍यायो

आइतबार, चैत १५, २०८२

पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली यतिबेला प्रहरी नियन्त्रणमा छन् । हिजो शनिबार समातिएका ओलीलाई अनुसन्धान गर्न जिल्ला अदालत काठमाण्डौले पाँच दिन थुनामा राख्न अनुमति दिएको छ । ओली सँगै पूर्व गृहमन्त्री रमेश लेखक पनि थुनामै छन् ।

ओली र लेखक थुनिनुको कारण भनेको पूर्व न्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जेनजी आन्दोलन जाँचवुझ आयोगको प्रतिवेदन हो । गत भदौ २३ र २४ मा भएको आन्दोलन र आन्दोलनकारीको ज्यान लिएको अभियोगमा ओली लेखकलाई बालेन सरकारले समातेको हो।

आयोगका संयोजक गौरी बहादुर कार्की एमाले निकट नेपाल निजामी कर्मचारी संगठनको तदर्थ समितिको संयोजक भएर काम गरेका व्यक्ति हुन् । उनी २०४७ वैशाख ७ देखि कार्तिक ५ सम्म सो संगठनको संयोजक थिए। ओली त्यो बेला एमालेका चल्तापूर्जा नेता थिए। आफ्नै पार्टी निकट कर्मचारी संगठनको संयोजक भएका व्यक्ति संयोजक रहेको आयोगको प्रतिवेदनका आधारमा ओली वुढ्यौलीमा प्रहरी नियन्त्रणमा बस्नु परेको छ ।

प्रकाशित मिति: आइतबार, चैत १५, २०८२  १९:१८
प्रतिक्रिया दिनुहोस्