पूजापाठ गरेर प्रधानमन्त्री निवास बालुवाटारमा बालेनले उचाले दाहिने खुट्टो 

शुक्रबार, चैत १३, २०८२

प्रधानमन्त्री बालेन्द्र शाह बालुवाटार प्रवेश गरेका छन्। शुक्रबार प्रधानमन्त्रीको कार्यभार सम्हालेपछि उनी बालुवाटार प्रवेश गरेका हुन्। बालुवाटार प्रधानमन्त्रीको सरकारी निवास हो।

सरकारी निवासमा प्रवेश गर्नुअघि उनले पूजापाठसमेत गरेका थिए। त्यस क्रममा उनले नेपाली राष्ट्रिय झण्डाको समेत पूजा गरेका थिए।

शाहले शुक्रबार प्रधानमन्त्रीको शपथ लिएका थिए। शितल निवासमा शपथ लिइसकेपछि उनी सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर पदभार ग्रहण गरेका थिए। त्यसलगतै मन्त्रिपरिषद्को पहिलो बैठक बसेको थियो।

प्रकाशित मिति: शुक्रबार, चैत १३, २०८२  २०:४७
प्रतिक्रिया दिनुहोस्