सांसद बनाउन नसकेपछि ढकाललाई बालेनले दिए प्रशासन प्रमुखको नियुक्ति

शुक्रबार, चैत १३, २०८२

प्रधानमन्त्री बालेन्द्र शाह(बालेन) को प्रमुख सल्लाहकारमा ललितपुरका कुमार बेन नियुक्त भएका छन् । शुक्रबार प्रधानमन्त्रीमा नियुक्त भएका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता समेत रहेका बालेनले आफ्नो सचिवालय टिम बनाएका हुन्। 

प्रधानमन्त्री बालेनको राजनीतिक सल्लाहकारको जिम्मा कलाकार असिम शाहले पाएका छन्। बालेनले मुख्य स्वकीय सचिवमा पोखराका सुवास शर्मालाई  नियुक्त गरिसकेका छन्। त्यस्तै बालेन मेयर हुँदाका सहयोगी स्याङ्जाका सुदिप ढकाललाई प्रधानमन्त्रीको प्रशासन प्रमुखको नियुक्ति थमाईएको छ। उनी रास्वपाको समानुपातिकको सूचीमा समावेश भएर पनि सांसद बन्न नपाएका व्यक्ति हुन्। प्रधानमन्त्रीको सूचना, सञ्चार तथा प्रविधि संयोजकमा विवेक मिश्र नियुक्त भएका छन्।  

निजी सचिवालयको जिम्मेवारी सहसचिव प्रदीप परियारले पाएका छन्। पर्वतका परियार बालेन भन्दा एक बर्ष जेठा छन्। उनी बालेन मेयर हुँदा काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृत भएका कर्मचारी हुन्। प्रधानमन्त्री शाहको व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) मा प्रहरी नायव उपरीक्षक (डीएसपी) दिपेश बस्याललाई खटाइएको छ। 

प्रकाशित मिति: शुक्रबार, चैत १३, २०८२  २०:२६
प्रतिक्रिया दिनुहोस्