निर्वाचनका लागि तीन दिन बिदा, अन्य गरि लगातार सात दिन सार्वजनिक बिदा 

आइतबार, फागुन १०, २०८२

फागुन २१ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले तीन दिन बिदा दिन सरकारलाई सिफारिस गरेको छ ।

आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार निर्वाचनमा सबै मतदाताको सहभागीताका लागि फागुन २०, २१ र २२ गते गरी तीन दिन बिदा दिन सरकारलाई सिफारिस गरिएको हो । सरकारले फागुन ११ गते बस्ने मन्त्रिपरिषदको बैठक मार्फत निर्णय गर्दैछ। 

‘हामीले फागुन २१,२२ र २३ गते सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेका छौ । स्वीकृत गर्ने नगर्ने सरकारको कुरा हो’, भण्डारीको भनाइ छ । 

यदि आयोगको सिफारिस अनुसार सरकारले बिदा स्वीकृत गरेमा लगातार ७ दिन सार्वजनिक बिदा हुने भएको छ । फागुन १८ र १९ गते दुई दिन होली पर्व, २० देखि २१ निर्वाचन तथा २२ र २३ गते शनिवार र अन्तर्राष्ट्रिय नारी दिवस पर्ने भएकाले लगातार सात दिन बिदा हुने भएको हो ।

प्रकाशित मिति: आइतबार, फागुन १०, २०८२  १६:३४
प्रतिक्रिया दिनुहोस्