रास्वपाको धनगढी चुनावी सभामा रवि र बालेनले गरे मन्च सेयरिङ्ग

बुधबार, फागुन ६, २०८२

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुदूरपश्चिम प्रदेशमा आयोजना गरेको चुनावी सभा सुरु भएको छ। 

धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्न रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सुदूरपश्चिममा छन्। 

धनगढीमा आयोजित चुनावी सभामा रास्वपाका सुदूरपश्चिमका उम्मेदवारले सम्बोधन गरिरहेका छन्। उम्मेदवारहरूलाई बोल्न ३ मिनेट समय दिइएको छ। 

त्यसपछि रास्वपा वरिष्ठ नेता शाह र सभापति लामिछानेले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। चुनावी सभाअघि दुवै जनाले संयुक्त तस्बिर सार्वजनिक गरेका छन्। 

प्रकाशित मिति: बुधबार, फागुन ६, २०८२  १४:२८
प्रतिक्रिया दिनुहोस्