सोसल मिडिया
युनिकोड
नेकपा एमाले छाडेर ब्रेक लिएका जितेन्द्र नारायण देवले नेपाली कांग्रेसमा फर्किएको घोषणा गरेका छन् । देवले मंगलबार एक विज्ञप्ति जारी गर्दै भरखरै सम्पन्न विशेष राष्ट्रिय महाधिवेशनद्वारा पारित भएको नीति, बिचार, योजना, प्रस्ताव तथा प्रतिवद्धताहरुलाई स्वागत, समर्थन तथा आत्मसात् गर्दै कांग्रेसमा फर्किएको घोषणा गरेका हुन् ।
साथै उनले विशेष राष्ट्रिय महाधिवेशनद्वारा निर्वाचित गगन कुमार थापाको नेतृत्वको केन्द्रीय कार्य समितिप्रति पूर्ण प्रतिबद्ध तथा आस्थावान भएर कांग्रेसमा फर्केको बताएका छन् ।
‘मलाई पूर्ण विश्वास छ विशेष राष्ट्रिय महाधिवेशनले पारित गरेको नवीन नीति र नयाँ अग्रगमनकारी सोचको नयाँ नेतृत्वले देशमा सामाजिक–राजनीतिक रूपान्तरणको अभियानलाई प्रभावकारी र निर्णायक ढंगले अघि बढाउने छ र पार्टीलाई बदल्ने कार्य सुरु गरे जस्तै देशलाई पनि जनहितमा बदल्ने छ’, देवले भनेका छन् ।