सोसल मिडिया
युनिकोड
एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज पनि झापाको दमक नगरपालिका क्षेत्रमा विभिन्न कार्यक्रमहरूमा सहभागी हुँदैछन्।
सोमबार पनि ओलीले दिनभर दमककै विभिन्न कार्यक्रममा बिताएका थिए।
निर्वाचन लक्ष्यित कार्यक्रम अन्तर्गत मंगलबार अध्यक्ष ओलीले दिनभर दमकका विभिन्न वडामा स्थानीय नागरिकसँग भेटघाट र संवाद गर्ने उनको सचिवालयले जनाएको छ।
कार्यक्रमअनुसार बिहान साढे ११ बजे देखि १२ बजेसम्म वडा नम्बर ३ को दुम्से चोक टुकुरे पुग्नेछन्।
त्यसपछि १२स्२० देखि १ बजेसम्म वडा नम्बर ८ को संगम चोक, कृष्ण मन्दिर नजिक धनपति मैनालीको घरमा कार्यक्रम तय गरिएको निर्वाचन परिचालन समिति अन्तरगतको मिडिया परिचालन उप समितिका संयोजक इन्द्र भण्डारीले जानकारी दिए।
मंगलबार दिउँसो १:२० देखि २ बजेसम्म वडा नम्बर १० को सूर्य चोकको कार्यक्रममा ओली सहभागी हुनेछन्।
त्यसैगरी २:२० देखि ३ बजेसम्म गुम्बा चोक र मुना चोक क्षेत्रमा, तथा ३:२० देखि ४ बजेसम्म किराँत चोकमा कार्यक्रम हुनेछ।
आज ओलीले स्थानीय कार्यकर्ता र सर्वसाधारणसँग प्रत्यक्ष संवाद गर्ने कार्यक्रम रहेको ओलीको निर्वाचन कमान्डर देवेन्द्र दाहालले जानकारी दिए।
झापा ५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह बालेन उम्मेदवार बनेपछि ओली दबाबमा छन्।