कांग्रेस सभापतिको प्राथमिकतामा आईटी क्षेत्र

सोमबार, फागुन ४, २०८२

नेपाली कांग्रेसका सभापति गगन थापाले आफू प्रधानमन्त्री बनेपछि सूचना प्रविधि (आईटी) क्षेत्रलाई प्राथमिकतामा राख्दै व्यापक परिवर्तन गर्ने बताएका छन्।

सोमबार बिहान सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको भिडिओमा उनले आईटी क्षेत्रका लागि आफ्नो स्पष्ट रोडम्याप रहेको उल्लेख गरे।

थापाले केही महिनाअघि कीर्तिपुरको एक कार्यक्रममा कीर्तिपुरकै डाँडामा बसेर ल्यापटप चलाउँदै युवाहरूले महिनाको तीन/चार लाख रुपैयाँसम्म आम्दानी गर्न सक्ने वातावरण बनाउन सकिने बताएका थिए।

उक्त अभिव्यक्तिलाई लिएर आफू ट्रोल भएको स्मरण गर्दै उनले त्यो कुनै हावादारी वा उडन्ते सपना नभई सम्भव योजना भएको दाबी गरे।

उनले अघिल्लो सरकारको कार्यकालमा अध्यादेशमार्फत सूचना प्रविधि क्षेत्रमा केही सुधारका कदम चालिएको र त्यसबाट सकारात्मक संकेत देखिएको पनि बताए।

उनको भनाइमा नेपालमा आईटी क्षेत्रमा केही प्रगति भए पनि त्यो पर्याप्त छैन। आईटी सेक्टरमार्फत ग्लोबल स्तरका अवसर भित्र्याउने आफ्नो प्रतिबद्धता रहेको उनले बताए।

प्रकाशित मिति: सोमबार, फागुन ४, २०८२  १२:२३
प्रतिक्रिया दिनुहोस्