धरानको विद्युत्, खानेपानी, पूर्वाधार र विकास कुलमान भए मात्र सम्भव हुने

शुक्रबार, फागुन १, २०८२

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले धरानको विद्युत्, खानेपानी, पूर्वाधार र विकासका कार्य उज्यालो नेपाल पार्टीबाट मात्र सम्भव हुने बताएका छन् ।

भानुचौकमा आयोजित कोणसभामा उनले धरानको विद्युत् आपूर्ति, पूर्वाधार र विकासका योजनाहरू प्रभावकारी बनाउन उज्यालो नेपाल पार्टीलाई समर्थन गर्न आवश्यक रहेको बताए । 

उज्यालो पार्टीले मात्रै धरानको समस्या दीर्घकालीन रुपमा समाधान गर्नसक्ने उनको दाबी छ ।  

पार्टीको कोसी प्रदेशको सम्पर्क कार्यालय धरान १५ श्याम चोकमा उद्घाटन गरेपछि भानुचौकमा भएको कोणसभामा  कुलमानले लोडसेडिङलाई पूर्ण रूपमा अन्त्य गरेर नेपाललाई उज्यालो बनाइएको अनुभवलाई देश निर्माण खर्चिने बताए । यसकै लागि आफू राजनीतिमा होमिएको उनको भनाइ छ ।

कोणसभामा उनले भने, “लोडसेडिङ हटाएर हामीले बत्ती फर्कायौँ, अब देश निर्माणका लागि सबै मिलेर अघि बढ्ने बेला आएको छ ।” 

प्रकाशित मिति: शुक्रबार, फागुन १, २०८२  ०८:४३
प्रतिक्रिया दिनुहोस्