निर्वाचन राष्ट्ररक्षा र स्वाधीनताको कडी भएको प्रचण्डको ठहर

बिहीबार, माघ २९, २०८२

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान निर्वाचनलाई राष्ट्ररक्षा र स्वाधीनताका पक्षमा उभिने असाधारण अवसरका रूपमा लिनुपर्ने बताएका छन् ।

बिहीबार (माघ २९) बागलुङको बुर्तिबाङमा आयोजित पार्टीको कार्यक्रममा उनले हालको निर्वाचन बाध्यात्मक परिस्थिति सिर्जना भएपछि हुन लागेको उल्लेख गरे । “२४ गतेदेखि २६ गतेसम्म राज्य कसले चलाएको थियो भन्ने गम्भीर प्रश्न उठेको छ । यो निर्वाचन देशको नेतृत्व जनताकै हातमा छ भन्ने स्थापित गर्ने लडाइँ हो,” उनले भने ।

नेपालजस्तो सानो देश ठूला शक्तिको प्रतिस्पर्धाका निम्ति दुरुपयोग हुन नहुनेमा उनले जोड दिए । उनले भने, “नेपालको खनिज वा स्रोतसाधनभन्दा पनि यसको भूगोल अन्यत्रको द्वन्द्व अघि बढाउन प्रयोग हुनसक्छ भन्ने खतरा देखिएको छ ।”

प्रकाशित मिति: बिहीबार, माघ २९, २०८२  १४:४८
प्रतिक्रिया दिनुहोस्