सोसल मिडिया
युनिकोड
प्रतिनिधि सभा निर्वाचनको प्रचारका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पोखरा पुगेका छन्।
रास्वपाले बुधबार पोखराको तीन ठाउँमा चुनावी कार्यक्रम राखेको छ। लामिछानेले तालचोक, हेम्जा र चिप्लेढुंगामा भेटघाट कार्यक्रम रहेको रास्वपाले जनाएको छ।
बुधबार अपराह्न पोखरा पुग्दा रास्वपाका स्थानीय नेता तथा कार्यकर्ता र समर्थकले स्वागत गरेका छन्। जनकपुरमा चिप्लिएर देब्रे खुट्टा मर्काएका रवि खुट्टा ठिक भएपछी पोखरा पुगेका हुन्।