दुर्गा प्रसाईलाई थुन्दा राजेन्द्र लिङ्देनको चित्त फाट्यो

आइतबार, माघ २५, २०८२

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंमाथि सरकारले पटक–पटक ज्यादती गरेको बताएका छन्र

काठमाडौँ  निर्वाचन क्षेत्र नम्बर २ बाट पार्टी उम्मेदवार बनेकी नेतृ कुन्ती पोखरेलको घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

सरकारले नियतवश नै प्रसाईंलाई निरुत्साहित पार्न खोजेको आरोपसमेत लगाएका छन्। संविधानले वाक स्वतन्त्रता, हिँडडुलको स्वतन्त्रता र विरोध गर्ने अधिकार सुनिश्चित गरेको भन्दै उनले शान्तिपूर्ण ढंगले निर्वाचन बहिष्कार गर्छु वा विरोध गर्छु भन्न पाउने नागरिकको मौलिक अधिकार भएको जिकिर गरे।

दुर्गा प्रसाईमाथि सरकारले ज्यादती गरेको भन्दै त्यसको भत्र्सना समेत गरे। देशमा बढ्दो अतिवाद र विदेशी हस्तक्षेपप्रति चिन्ता व्यक्त गर्दै लिङ्देनले निर्णायकत्व नेपालीकै हातमा हुनुपर्नेमा जोड दिए। उनले आगामी प्रधानमन्त्री को हुने भन्नेकुरा समेत विदेशीले मिलाइदिन थालेको टिप्पणी गए। उनले मतदाताहरूलाई फेसबुक, रिल र टिकटकका आधारमा धारणा नबनाई देशको भविष्यलाई केन्द्रमा राखेर सोच्न आग्रह गरे।

अध्यक्ष लिङदेनले भने, ‘अहिले भर्खरैको यहाँ सानो अवरोध गर्ने प्रयास गरेको कुरा पनि मैले सुनिसकेको छु । मेरो जानकारीमा आएको छ । हाम्रो ज्ञानबहादुर शाही माथिको अवरोध गर्ने प्रयासका कुराहरु यी सबै जानकारीमा आएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीलाई कसैले कमजोर नठाने हुन्छ र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई निषेध गरेर जान सकिन्छ भन्ने भ्रम कसैले नपाले हुन्छ । राष्ट्रिय प्रजातन्त्र पार्टी कुनै विदेशीहरुले बनाइदिएको राजनीतिक पार्टी होइन । कसैको जुठो कुरो खाएर विदेशीहरुको आशिर्वादबाट बनेको पार्टी होइन । नेपाली धर्तीमा उत्पन्न भएको र संघर्षबाट निर्माण भएको पार्टी हो र त्यस प्रकारका सबै चुनौतीहरुको सामना गर्ने सामथ्र्यका साथ तयार भएको हुनाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई जिस्काउने प्रयास कसैले नगर्नु भनेर म भन्न चाहन्छु । र अरु तपाई सञ्चारकर्मी साथीहरुसँग भेट भएको यो मौकामा अतिरिक्त एउटा कुरा गर्न चाहन्छु कि नेपाल सरकारले अहिले जुन ढंगले दुर्गा प्रसाईं माथि पटक पटक अवरोध सिर्जना गर्ने, पकड्ने, दुख दिने काम गरेको छ त्यो नियत बसै जुन काम गरेको छ उनलाई नि निष्क्रिय बनाउन अथवा उनलाई निरुत्साहित बनाउन त्यसको राष्ट्रिय प्रजातन्त्र पार्टी घोर भत्र्सना र निन्दा गर्न चाहन्छ । कसैलाई भेला हुने, हिँड्ने, डुल्ने आफ्नो कुरा भन्ने अधिकारबाट रोक्न सकिने व्यवस्था यो संविधानमा छैन । यो संविधानले वाक स्वतन्त्रता, हिँडडुलको स्वतन्त्रता, प्रकाशनको स्वतन्त्रता, राजनीतिक दल खोल्ने स्वतन्त्रता र विरोधको सुविधा समेत संविधानले सुनिश्चित गरेको छ । अहिले कुनैपनि नागरिकले यो निर्वाचन उपयुक्त छैन, यो निर्वाचनमा बहिष्कार गर्छु, यो निर्वाचनमा म भाग लिदिन, यो निर्वाचन हुनु हुँदैन भनेर विरोध गर्न पाउने अधिकार राख्दछ र त्यसलाई कसैले रोक्न मिल्दैन । शान्तिपूर्ण हुनुपर्छ त्यति मात्रै हो कसैले हिंसात्मक काम गर्न पाइदैन तर विरोध गर्न पाइने व्यवस्था कायमै छ यो संविधानले सुनिश्चित गरेको विषय हो र अहिले जुन प्रकारले दुर्गा प्रसाई माथि ज्यादती गरिराखेको छ त्यसको म फेरि पनि भत्र्सना गर्न चाहन्छु ।’
 

प्रकाशित मिति: आइतबार, माघ २५, २०८२  १२:०८
प्रतिक्रिया दिनुहोस्