सिन्धुली पुगेर प्रचण्डले यसरी खोलिदिए ओलीको पोल 

शनिबार, माघ २४, २०८२

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रियसभाको चुनाव अहिले प्रतिनिधिसभामा पनि गठबन्धन गर्ने गरी एमालेबाट प्रस्ताव आएको खुलासा गरेका छन् । 

आज (शनिबार) सिन्धुलीमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै प्रचण्डले राष्ट्रियसभा चुनावमा कांग्रेस–एमाले मिलेर नेकपालाई आउट गरिसकेपछि गठबन्धनको सम्भावना टरेर गएको बताएका हुन् । प्रचण्डका अनुसार कांग्रेस र एमालेका खास–खास नेताहरुको हकमा उनीहरुलाई जिताउने गरी सिट एडजस्ट गर्ने प्रस्ताव आएको थियो । सो प्रस्तावमा नेकपाले सैद्धान्तिक रुपमा अस्वीकार नगरेकै अवस्थामा टरेको उनले बताए ।

‘कांग्रेसको विशेष महाधिवेशन हुनुभन्दा अगाडि र राष्ट्रिय सभाका सदस्यको निर्वाचन हुनुभन्दा अगाडि कुरा भएको थियो । यो प्रस्ताव हाम्रो थिएन । नेपाली कांग्रेस र नेकपा (एमाले) को के प्रस्ताव थियो भने केही खास नेताहरुको हकमा हामीले उहाँहरुलाई जिताउने ढंगले केही सिट एडजस्ट गर्नुपर्छ भन्ने थियो । हामीले यसमा सैद्धान्तिक रुपले अस्वीकार पनि हामीले गरेका थिएनौं, स्वीकार पनि । तर, त्यसको सुरुवात राष्ट्रिय सभाको सदस्यको निर्वाचनबाट हुन्छ । त्यहाँ इमानदारिता देखियो भने केही सिट एडजस्ट गर्न पनि सकिएला । राष्ट्रिय सभाको निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीलाई आउट गर्ने बाटो पक्रिनुभयो उहाँहरुले । त्यसो भएपछि समीकरण भएन,’– उनले भने ।
 

प्रकाशित मिति: शनिबार, माघ २४, २०८२  २१:०६
प्रतिक्रिया दिनुहोस्