सोसल मिडिया
युनिकोड
नेपाल प्रशासन सेवाको रिक्त रहेको एक सचिव पदका लागि तीन जना वरिष्ठ सहसचिव सिफारिसमा परेका छन् ।
लोकसेवा आयोगका कार्यवाहक अध्यक्ष माधव बेल्वासेको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले सहसचिवहरु रुद्रसिंह तामाङ, आभा श्रेष्ठ र चक्रबहादुर बुढाको नाम सिफारिस गरेको हो ।
सिफारिसको एक नम्बरका तामाङ आज बस्ने मन्त्रिपरिषद् बैठकबाट सचिव बढुवा हुनेछन् । दोस्रो क्रममा रहेकी आभाले केही हप्ता पर्खनुपर्ने हुन्छ । आभाले योजना आयोगका सचिव रविलाल पन्थको अवकाश पछि मात्र बढुवा हुने अवसर पाउँनेछिन् ।
त्यसपछिको सचिव बढुवाको पालो कुरेर बसेका चक्र बुढाले अवसर पाउनेछन् ।