सोसल मिडिया
युनिकोड
विरजंग हिंडेका मेडिकल व्यवसायी समेत रहेका राष्ट्र, राष्ट्रियता, धर्म सँस्कृति र नागरिक बचाउ महाअभियान नेपालका संयोजक दुर्गा प्रसाईंलाई बाटो बाटै समातिएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीले आपत्ति जनाएको छ।
निर्वाचन आयोगको आग्रहमा प्रसाईलाई समातिएको साईबर व्यूरोले प्रष्ट पारेको छ। प्रसाईलाई प्रहरीले नियन्त्रणमा लिएपछि राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले सामाजिक सञ्जाल मार्फत घोर विरोध गरेका छन्
उनले लेखेका छन्-
‘राष्ट्र, राष्ट्रियता, धर्म सँस्कृति र नागरिक बचाउ महाअभियान नेपाल’का संयोजक दुर्गा प्रसाईंलाई दु:ख दिने नियतबाट पटकपटक पक्राउ गर्नु आश्चर्यको विषय हो। राज्यले एउटा व्यक्तिमाथि प्रतिशोध सॅाध्नु अनुचित छ। प्रसाईलाई बिना शर्त रिहा गरियोस् ।