सोसल मिडिया
युनिकोड
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चितवन पुगेका छन् । बिहीबार (माघ २२) दिउँसो उनी बुद्ध एयरको विमानमार्फत भरतपुर विमानस्थल हुँदै चितवन गएका हुन् ।
लामिछानेका स्वकीय सचिव अविनाश आचार्यका अनुसार, उनले चितवनको लंकु लक्ष्मीनारायण मन्दिरमा स्वस्तिशान्ति पूजा गर्नेछन् । त्यसपछि भरतपुरको विशालचोकस्थित निवासमा गृहप्रवेशको कार्यक्रम तय छ ।
आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनकेन्द्रित घरदैलो कार्यक्रमका निम्ति लामिछाने चितवन पुगेका उनले जानकारी दिए । लामिछाने चितवन क्षेत्र नम्बर–२ बाट उमेदवार छन् ।
यही माघ ५ गते जनकपुरको कार्यक्रममा सहभागी भएका उनको खुट्टामा चोट लागेपछि काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए । ‘डिस्चार्ज’पछि उनी घरमा आराम गरिरहेका थिए ।
लामिछाने यसअघि दुईपटक सोही क्षेत्रबाट सांसद निर्वाचित भइसकेका छन् ।