सोसल मिडिया
युनिकोड
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पितृशोक परेको छ।
भट्टराईका पिता भोजप्रसाद भट्टराईको ९७ वर्षमा आज बिहान न्युरो हस्पिटल बाँसबारीमा निधन भएको हो। भट्टराईका स्वकीय सचिव रोशन पोखरेलका अनुसार केही समय यता भोजप्रसाद अस्वस्थ थिए। उनको शव अहिले बाँसबाँरीमै छ।
अबको आधा घण्टामा पशुपतिस्थित विद्युतीय शव गृहमा ल्याउने र दाहसंस्कार गरिने जनाइएको छ। स्वर्गीय भट्टराईका २ छोरा २ छोरी छन्। छोराहरू बाबुराम भट्टराई, शिवप्रसाद भट्टराई र छोरीहरूमा पार्वती भट्टराई र थीरकुमारी भट्टराई हुन्।