रास्वपा सँग सम्बन्ध तोडेका कुलमान चीम बोकेर मधेश पसे

बुधबार, माघ २१, २०८२

चुनाव प्रचारका लागि उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङ आज मधेस जाँदै छन्। 

अध्यक्ष घिसिङ बुधबार साँझ बुद्ध एअरको जहाजबाट जनकपुर जाँने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ। मधेसमा रहँदा घिसिङ पार्टीले आयोजना गर्ने विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम छ।

उनेपालले देशभरका १६५ मध्ये १२१ निर्वाचन क्षेत्रमा उम्मेदवार बनाएको छ। घिसिङ काठमाडौँ-३ बाट उम्मेदवार बनेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकता भंग गरेको उनेपा अहिले एक्लै चुनावी प्रतिस्पर्धामा छ।  

प्रकाशित मिति: बुधबार, माघ २१, २०८२  १६:३८
प्रतिक्रिया दिनुहोस्