सोसल मिडिया
युनिकोड
प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बीमा समस्या समाधानको प्रयास सुरु गरेकी छन् ।
सरोकारवाला पक्षसँग छलफल गर्न उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज अपराह्न बैठक बोलाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । केही समयअघिदेखि विभिन्न अस्पतालहरूले स्वास्थ्य बिमाबापतको रकम स्वास्थ्य बीमा बोर्डले भुक्तानी नदिँदा सेवा बन्द गर्ने निर्णय गरेका थिए । स्वास्थ्य सेवा प्रदायक संस्थाहरूले लामो समयदेखि बिमाबापत रकम नपाउँदा सेवा प्रवाह गर्न कठिन भएको बताएका छन् ।
स्वास्थ्य बीमा बोर्डका अनुसार देशभर सूचीबद्ध स्वास्थ्य संस्थालाई १० अर्बभन्दा बढी रकम भुक्तानी गर्न बाँकी छ ।