सोसल मिडिया
युनिकोड
राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई काठमाण्डौ १ मा उम्मेद्वार बनाएपछि सल्किएको भुसको आगो पुत्पुताउन थालेको छ ।
कवि मनका फरासिला मिश्र काठमाण्डौ १ मा तेस्रो पटक उम्मेद्वार बनेका हुन् । रैथाने उम्मेदवारको माग गरेका राप्रपा १ का मतदाताले अगन्तुक उम्मेद्वारलाई मतदान गर्नुपर्ने भएपछि भाँडभैलो मच्चिएको हो।
विवेकशील साझा पार्टीबाट राप्रपामा ओत लागेका मिश्रलाई उनी सँगै राप्रपा भित्रिएका केन्द्रीय सदस्य चोकराज घिमिरेले पिठ्यु मिश्रतर्फ फर्काएरै पार्टी परित्याग गरेका छन् ।
अघिल्ला दुई चुनावमा निरन्तर हार चाखेका उनलाई फेरि एकपटक हराउनुपर्नेमा काठमाण्डौ १ का राप्रपा पक्षीय मतदाता भित्रभित्रै अभियान चलाइरहेका छन् ।
सामाजिक संञ्जाल मार्फत पार्टी परित्यागको घोषणा गरेका घिमिरेले मिश्रलाई चिसोपानी खन्याउने निश्चित भएको राप्रपाकै नेताको भनाई छ । घिमिरे मात्र नभई काठमाण्डौ १ मा पाँचौ दर्जन राप्रपाका कार्यकर्ताले पार्टी परित्याग गर्ने अन्तिम तयारी गरिरहेको बुझिएको छ ।
अघिल्लो चुनावमा राहु र केतुले असर गरेको र अब राम्रो भएको बताउने मिश्रलाई उनैका हिजो सम्मका खाँटी समर्थक केन्द्रीय सदस्य चोकराजले राहु र केतु बिर्साउने गरिको तगारो हाल्ने निश्चित भएको मिश्रसँग बिच्किएका मध्येकै एकजनाले बताए। कुखुरेछाती र पितुर्के चित्त भएका मिश्रबाट मुलुकले केही नपाउने भन्दै एकाथरी मिश्रविरोधी हरेक चिया पसलमा पुगेर उनको तेजोबध गर्न थालेका छन् ।