सोसल मिडिया
युनिकोड
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा भावि प्रधानमन्त्रीका प्रस्तावित उम्मेदवार बालेन साह (बालेन) सुदूरपश्चिमपछि कर्णाली प्रवेश गर्दै छन्।
बालेन चुनावी अभियान लिएर लुम्बिनी प्रदेशको बाँके जिल्लाका विभिन्न सहर हुँदै शुक्रबार सुदूरपश्चिबाट कर्णाली प्रवेश गर्ने लागेका हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टी दैलेखका सचिव प्रकाशकुमार बुढाले चुनावी अभियान लिएर रास्वपाका वरिष्ठ नेता साह लगायतको समूह कर्णाली प्रवेश गर्न लागेको जानकारी दिए।
बालेन सूदुरपश्चिका डडेलधुरा, डोटी, अछाम हुँदै कर्णाली प्रदेशको दैलेख जिल्ला प्रवेश गर्न लागेका हुन्।
सचिव बुढाकाअनुसार बिहान १० बजे आठबीस नगरपालीकाको केन्द्र राकम कर्णाली, ११ बजे चामुण्डाबिन्द्रासैनी नगरपालिकाको केन्द्र जम्बुकाँध, १२ बजे भैरबी गाउँपालिकाको चगत्रा बजार, साढे १२ बजे दुल्लु नगरपालिकाको पटाङ्गिनी बजारमा हुने कार्यक्रममा बालेन सहभागी हुने छन्।
यस्तै, दिउँसो १ बजे भैरवी गाउँपालिका–१ मा को जलजलेमा उत्खनन् भइरहेको पेट्रोलियम क्षेत्रको अनुगमन, साढे १ बजे दैलेख बजारमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी कार्यालय, २ बजे पार्टी कार्यालयदेखि बजार हुँदै दुईखम्ब, ३ डुङ्गेश्वर गाउँपालिकाको चुप्रा बजार, साढे ३ बजे माथिल्लो डुङ्गेश्वर बजार, साढे ४ बजे गुराँस गाउँपालिकाको केन्द गुराँसेमा आयोजित कार्यक्रममा सहभागी हुनेछन्।
त्यसपछि बालेन कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा १७ गते हुने कार्यक्रमका लागि दैलेखबाट सुर्खेत झर्ने राष्ट्रिय स्वतन्त्र पार्टी दैलेखले जनाएको छ।