छातीमा समस्या भएका माधव र खुट्टामा घाउ भएका रविको धमाधम उपचार 

बिहीबार, माघ १५, २०८२

पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन्। नेपाल बुधबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना भएका हुन्। रुघा, खोकी र ज्वरोको समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो। 

पूर्वप्रधानमन्त्री नेपाललाई त्रिवि शिक्षण अस्पतालको छाती रोग विभागमा भर्ना गरिएको छ। उनको छातीमा संक्रमण देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। 

त्रिवि शिक्षण अस्पतालमै देब्रे खुट्टामा चोट लागेपछि रास्वपा सभापति रवि लामिछाने पनि उपचाररत छन्।  लामिछाने र नेपाललाई अस्पतालले आजै डिस्चार्ज गर्दैछ। 

प्रकाशित मिति: बिहीबार, माघ १५, २०८२  १३:४६
प्रतिक्रिया दिनुहोस्