अस्पताल भर्ना भएका रास्वपा सभापति रविको कस्तो छ स्वास्थ्य अवस्था ?

बुधबार, माघ १४, २०८२

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको स्वास्थ्य अवस्था समान्य रहेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ। 

शिक्षण अस्पतालका प्रवक्ता डा. गोपाल सेडाईले बुधबार प्रेस विज्ञप्ति जारी गरी लामिछानेको स्वास्थ्य अवस्थाबारे जानकारी दिएका छन्। सामाजिक सञ्जालमा आएका लामिछानेका तस्बिर शिक्षण अस्पतालको नभएको पनि प्रवक्ता डा. सेडाईले जनाएका छन्। 

रास्वपाले माघ ५ गते जनकपुरधाममा आयोजना गरेको आमसभाका क्रममा लामिछानेको देब्रे खुट्टामा चोट लागेको थियो। खुट्टाको चोट निको नभएपछि उनी माघ १३ गते त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए। 

अहिले उनको उपचार चलिरहेको अस्पतालले जनाएको छ। शिक्षण अस्पतालको हाडजोर्नी विभाग अन्तर्गत भर्ना भएर उपचार चलिरहेको जनाउँदै लामिछानेको नशाबाट आईभी एन्टिबायोटिक्सको माध्यमबाट उपचार भइरहेको प्रवक्ता डा. सेडाईले जानकारी दिएका छन्। 

प्रकाशित मिति: बुधबार, माघ १४, २०८२  १२:४२
प्रतिक्रिया दिनुहोस्