सोसल मिडिया
युनिकोड
म्याग्दीका स्वतन्त्र उम्मेदवार महावीर पुनले अगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सर्वाजनिक रूपमा चुनाव खर्च मागेका छन् ।
‘धेरै साथीहरूले मलाई चुनावमा सहयोग गर्न भनेर बैंक खाता र क्यूआर कोड माग्नुभएको थियो । धेरै समर्थकको अनुरोध आएकाले चुनावका लागि मात्र भनेर मैले यो नयाँ खाता खोलेको छु । यो खाताको हिसाबकिताब पूर्ण पारदर्शी बनाउनेछु,’ उनले फेसबुकमा लेखेका छन् ।
पुनले राष्ट्रिय वाणिज्य बैंक, टेकु शाखामा खोलेको खाता र क्यूआर शेयर गरेका हुन् । उनी शिक्षा मन्त्रीबाट राजीनामा दिएर निर्वाचनमा होमिएका छन्।