शोभाले महेशलाई बलात्कारी भन्दा निर्वाचन आयोग रिसायो

मंगलबार, माघ १३, २०८२

निर्वाचन आयोगले भक्तपुर– २ बाट नेकपा (एमाले)को उम्मेदवार महेश बस्नेतलाई स्पष्टीकरण सोधेको छ ।

उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तर्फबाट झापा– ५ मा उम्मेदवार रहेका बालेन्द्र शाह (बालेन)लाई ‘छाउरा’ भनेर टिप्पणी गरेको आरोपबारे स्पष्टीकरण सोधेको हो ।

सोही निर्वाचन क्षेत्रकी उम्मेदवार जानुका पाठक (शोभा पाठक)सँग पनि उम्मेदवारमाथि घृणाजन्य टिप्पणी गरेको तथा ‘हत्यारा’, ‘बलात्कारी’जस्ता शब्द प्रयोग गरेको भन्दै आयोगले स्पष्टीकरण माग गरेको जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, माघ १३, २०८२  १३:४०
प्रतिक्रिया दिनुहोस्