पूर्वगृहमन्त्री रमेश लेखकको हेराईमा लोकतन्त्र जोखिममा

सोमबार, माघ १२, २०८२

नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकले लोकतन्त्र जोखिममा रहेको बताएका छन्। सोमबार स्थानहद फुकुवापछि पहिलो पटक गृह जिल्ला कञ्चनपुर पुगेका नेता लेखकले लोकतन्त्र जोखिममा रहेको बताएका हुन्। 

‘अहिले देश अप्ठ्यारो अवस्थामा छ, संविधान लिकबाट बाहिर भएको छ, लोकतन्त्र जोखिममा छ’ लेखकले भने, ‘यस्तो बेलामा सबै साथीहरू मिलेर कांग्रेसलाई जिताउनुपर्छ बलियो बनाउनुपर्छ।’ 

देशको अवस्था सामान्य नभएकाले संविधानलाई लिकमा ल्याउनका लागि कांग्रेसले जित्नुपर्ने उनको भनाई थियो। स्थानहद फुकुवापछि पहिलो पटक आफ्नो निर्वाचन क्षेत्र आएका हुन्। 

लेखकको निर्वाचन लड्दै आएको क्षेत्र नम्बर ३ मा कञ्चनपुरका कांग्रेसले पार्टीका पूर्वजिल्ला सभापति हरिप्रसाद बोहरालाई उम्मेदवार बनाएको छ।
 

प्रकाशित मिति: सोमबार, माघ १२, २०८२  २०:४५
प्रतिक्रिया दिनुहोस्