बेदागी पासवानको उम्मेद्वारीले सिरहा-४ मा बेग्लै हलचल

सोमबार, माघ १२, २०८२

पूर्वमन्त्री समेत रहेका बहुजन शक्ति पार्टीका अध्यक्ष विश्वेन्द्र पासवानले एकातर्फ भ्रष्ट्रचारी र अर्कातर्फ ठगहरुको जमात चुनाबमा होमिएको बताएका छन् ।

पहिलो र दोस्रो संविधानसभाका माननीय सदस्य पासवान सिरहा -४ बाट प्रतिनिधि सभा सदस्यको उम्मेद्वार छन् । भ्रष्ट्रचार र सुशासनका पक्षमा पहिल्यैदेखि होमिएका पासवान मधेशका चर्चित नेता हुन् ।

अहिलेसम्म कुनैपनि विवादमा नपसेका पासवानको उम्मेद्वारीले सिराहा ४ मा उनको चर्चा चुलिएको छ। प्रष्ट वक्ता पासवान राष्ट्रिय राजनीतिका माहिर खेलाडी मात्र नभएर अन्तराष्ट्रिय कुटनितीमा पनि दखल राख्ने नेता हुन् ।

उनको उम्मेद्वारीले नयाँ दल र पुराना दललाई टाउको दुखाई भएको छ । बेदागी नेता पासवानलाई मतदान गर्न सिरहा -४ का मतदाता आतुर छन् ।

प्रकाशित मिति: सोमबार, माघ १२, २०८२  १३:३०
प्रतिक्रिया दिनुहोस्