उम्मेदवार पति बालेन पश्चिममा, पत्नी सबिनालाई झापामा भ्याईनभ्याई

सोमबार, माघ १२, २०८२

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता आइतबारा पश्चिमतिर लागेका छन् भने उनी पत्नी सविना काफ्लेले झापामा घरदैलो सुरु गरेकी छन्। 

रास्वपाले माघ ५ मा जनकपुरमा आयोजना गरेको आमसभालाई सम्बोधन गरेर बालेन झापा पुगेका थिए। उनले माघ ६ गते प्रतिनिधि सभा सदस्यका लागि झापा-५ बाट उम्मेदवारी दिएर पूर्वी पहाडी जिल्लाको यात्रा गरेका थिए। 

त्यस क्रममा ताप्लेजुङ, पाँचथर, इलाम र झापाका विभिन्न कार्यक्रममा सहभागी भएका थिए। पूर्वी नेपालबाट फर्केपछि आइतबार काठमाडौँमा विभिन्न क्षेत्रका उम्मेदवारसँग छलफल गरेका बालेन सोमबार पश्चिमतिर लागेका हुन्। 

आज नेपालगञ्जहुँदै बर्दियाँ जाने कार्यक्रम छ। रास्वपाको तर्फबाट बर्दिया-१ का उम्मेदवार ठाकुरसिंह थारूले आज बालेनको बर्दियाका विभिन्न स्थानमा भेटघाट कार्यक्रम रहेको जानकारी दिए। 

बालेन पश्चिमतिर लागेको वेला उनको क्षेत्रमा पत्नी सविनाले चुनावी प्रचारमा जुटेकी हुन्। आज बिहानैदेखि उनी घरदैलोमा सहभागी भइरहेको बालेनको सचिवालयले जनाएको छ। 

उनी आज बिहान झापा क्षेत्र नं. ५ अन्तर्गत दमक नगरपालिका-९ मा रास्वपाले आयोजना गरेको मतदाता भेटघाट र घरदैलो कार्यक्रम सहभागी भएकी हुन्। उराव बस्तीबाट सुरु भएको घरदैलो कार्यक्रम पाणिनि स्कुल हुँदै देवसिंह टोल, नौभाइ चोक र बुद्ध चोकहुँदै फेरि उराव बस्तीमै पुगेको थियो। 

आजै दिउँसो झापा-५ मा मतदाता भेटघाट र घरैदलो कार्यक्रम रहेको जनाएको छ। त्यसमा पनि बालेनपत्नी सविना सहभागी हुने भएकी छन्। कमल गाउँपालिका-५ स्थित पाडाजुगी चोकबाट घरदैलो सुरु हुने जनाएको छ। 

प्रकाशित मिति: सोमबार, माघ १२, २०८२  १३:१४
प्रतिक्रिया दिनुहोस्