राष्ट्रिय सुरक्षा परिषद्को बैठक धमाधम

सोमबार, माघ १२, २०८२

राष्ट्रिय सुरक्षा परिषद्को बैठक अहिले सिंहदरबारमा बसिरहेको छ। 

प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षमा बसिरहेको बैठकमा गृहमन्त्री ओमप्रकाश अर्याल, अर्थमन्त्री रामेश्वर खनाल, चारवटै सुरक्षा निकायका प्रमुखहरू लगायत सहभागी छन्। 

सिंहदरबारस्थित परिषद्को कार्यालयमा जारी बैठकमा चुनावी सुरक्षाको विषयमा छलफल भइरहेको स्रोतले जनाएको छ। 

प्रकाशित मिति: सोमबार, माघ १२, २०८२  १२:१५
प्रतिक्रिया दिनुहोस्