चीनको उच्चस्तरीय तीन सदस्यीय टोलीले प्रचण्डलाई भेटेर के-के भन्यो ?

शनिबार, माघ १०, २०८२

नेपालमा निर्वाचनको सरगर्मी बढिरहेकै बेला उत्तरबाट उच्चस्तरको टोली काठमाडौँ ओर्लिएको छ। चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) अन्तर्राष्ट्रिय विभागबाट नेपाल मामिला हेर्ने सरला नामक चङ युया सहितको टोली नेपाल आएको हो। 

उक्त टोलीले आज नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेको छ । ३ सदस्यीय टोलीआज  बिहान पौने ९ बजे नक्सालको म्यारियट होटलबाट सोझै दाहाल निवास हात्तिवन पुगेको थियो ।

भेटवार्तामा नेकपा संयोजक प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल,नेता वर्षमान पुन तथा चिनियाँ कम्युनिस्ट पार्टीका प्रतिनिधिहरू सहभागी थिए । भेटमा नेपाल–चीन सम्बन्ध,दलीय सहकार्य तथा आपसी चासोका विषयमा छलफल भएको बुझिएको छ । त्यस्तै उक्त टोलीले फागुन २१ गते हुने निर्वाचनको समेत उच्च चासो लिएको बुझिएको छ। 

प्रकाशित मिति: शनिबार, माघ १०, २०८२  २१:४०
प्रतिक्रिया दिनुहोस्