सोसल मिडिया
युनिकोड
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापाले ‘जेनजी’का माग पूरा गर्न सक्ने दल राप्रपा मात्र भएको बताएका छन् । शनिबार (माघ १०) राप्रपा काठमाडौं निर्वाचन क्षेत्र नम्बर–५ को भेलामा उनले युवाले अघि सारेको सुशासन र भ्रष्ट व्यवस्थाको अन्त्यको मुद्दा आफूहरूको पनि भएको बताए ।
भ्रष्ट व्यवस्था र शासकबाट मुक्तिका निमित्त आवाज उठाउँदै जेनजीले गरेको आन्दोलन २४ घण्टा बित्दा नबित्दै ‘हाइज्याक’ गरेर तुहाउने काम भएको उनले टिप्पणी गरे ।
जेनजीबाट मुखरित माग हाल अधुरो र यसलाई पूरा गर्न सक्ने राष्ट्रिय राजनीतिमा एउटै मात्र दल राप्रपा रहेको उनले जिकिर गरे ।
थापाले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति काठमाडौं–५ बाट उमेदवारी दिएका छन् ।