गगन थापालाई भावी प्रधानमन्त्री घोषणा गर्न कांग्रेसको केन्द्रीय समितिको बैठक

शुक्रबार, माघ ९, २०८२

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बसेको हो ।

विशेष महाधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित भएपछि सानेपामा पहिलोपटक बैठक बसेको हो । आजको बैठकले पार्टी सभापति गगनकुमार थापालाई भावी प्रधानमन्त्री घोषणा गरेर निर्वाचनमा होमिने निर्णय गर्दैछ। 

प्रकाशित मिति: शुक्रबार, माघ ९, २०८२  १४:३६
प्रतिक्रिया दिनुहोस्