सोसल मिडिया
युनिकोड
नेपाली कांग्रेसका सभापति गगन थापा पदबहाली गर्न केन्द्रीय कार्यालय सानेपा पुगेका छन् । पुस २७ देखि ३० सम्म काठमाडौंमा भएको विशेष महाधिवेशनबाट थापा सभापतिमा निर्वाचित भएका थिए ।
निर्वाचित भएपछि शुक्रबार थापा पहिलोपटक केन्द्रीय कार्यालय सानेपा पुगेका हुन् । केन्द्रीय कार्यालयमा ठूलो संख्यामा उपस्थित नेता कार्यकर्ताले थापाको स्वागत गरेका छन् ।
सभापतिमा पदबहाली गरेपछि आजै बस्ने केन्द्रीय समितिलको बैठकले थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै छ । थापा २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा सर्लाही ४ बाट उम्मेदवार बनेका छन् ।