आफू ढुलमुले नभएको भन्दै शेखरले यसरी दिए साविती बयान 

बिहीबार, माघ ८, २०८२

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी विभाजन रोक्नको लागि आफू विशेष महाधिवेशनमा नगएको बताएका छन्।

मोरङ ६ स्थित सुन्दरहरैंचामा आफ्नो समर्थकहरूसँगको छलफलमा बोल्दै एकता जोगाउनको लागि आफूले मध्यमार्गी बाटो रोजेको जिकिर गरे।

उनले भने, ‘उहाँ ग्रुप विशेष महाधिवेशन भनेर हिँड्ने, अर्को नियमित भनेर हिँड्ने त्यसैले पार्टी नफुटोस् भनेर मैले बिचको बाटो लिएँ, म त्यो हलमा गएको भए पार्टी दुई टुक्रा हुन्थ्यो भन्ने कुरा तपाईँहरूले बुझ्नुपर्छ।’

उनले आफू पार्टी बचाउन हिँड्दा ढुलमुले भनेको भन्दै आपत्ति जनाए। उनले भने, ‘म त्यहाँ गएको भए पार्टी सभापति म बन्थेँ बन्दैनथे त्यो बेग्लै कुरा हो। तर पार्टी दुई टुक्रा हुन्थ्यो।’ उनले अब एकताबद्ध भएर चुनावमा होमिनुपर्ने बताए।

प्रकाशित मिति: बिहीबार, माघ ८, २०८२  १३:२६
प्रतिक्रिया दिनुहोस्