पूर्वराजा ज्ञानेन्द्रले आफैले आफैंलाई घोषणा गरे श्री ५ महाराजाधिराज

बुधबार, माघ ७, २०८२

पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहले जानकी मन्दिरको दर्शन गर्ने भएका छन् । पूर्वराजाको संवाद सचिवालयका अनुसार यही माघ १२ गते पूर्वराजारानीले जानकी मन्दिर दर्शन गर्ने कार्यक्रम तय भएको छ । 

'श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव तथा श्री ५ बडामहारानी कोमल राज्य लक्ष्मी देवी शाह यही माघ १२ गते जनकपुरधाम सवारी होईबक्सी जानकी मन्दिर दर्शन गरिबक्सने कार्यक्रम रहेको छ', संवाद सचिवालयको सूचनामा उल्लेख छ । 

यसअघि संवाद सचिवालयले ज्ञानेन्द्रलाई पूर्व श्री ५ भनी सम्बोधन गर्न सुरु गरेको थियो । तर पछिल्लो सूचनामा भने पूर्व श्री ५ नलेखी सिधै श्री ५ महाराजाधिराज लेखिएको छ । 

नेपालको संविधानअनुसार अहिले कोही पनि श्री ५ महाराजाधिराज नरहेको भन्दै प्रहरीले ज्ञानेन्द्रको संवाद सचिवालयका अधिकारीहरूलाई बोलाएर सम्झाएको थियो । त्यसपछि श्री ५ महाराजाधिराज लेखिएका वक्तव्यहरू सामाजिक सञ्जालबाट सचिवालयले हटाएको थियो, र केही वक्तव्य पूर्वराजा सम्बोधन गरी सार्वजनिक भएका थिए । 

प्रकाशित मिति: बुधबार, माघ ७, २०८२  १५:०६
प्रतिक्रिया दिनुहोस्