चुनाव लड्न तीन मन्त्रीले राजीनामा दिएपछिका खाली मन्त्रालय प्रधानमन्त्रीकै 

मंगलबार, माघ ६, २०८२

तीन मन्त्रीले राजीनामा दिएपछि उनीहरूले सम्हाल्दै आएका मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले नै सम्हाल्ने भएकी छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ती मन्त्रीहरूले सम्हाल्दै आएका मन्त्रालयको कार्यभार प्रधानमन्त्री स्वयंले सम्हाल्ने गरी तोकेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन, सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल तथा युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले प्रधानमन्त्री समक्ष राजीनामा दिएका थिए ।

प्रकाशित मिति: मंगलबार, माघ ६, २०८२  ११:०८
प्रतिक्रिया दिनुहोस्