मनोनयन दर्ताका लागि प्रचण्ड पुगे रुकुम पूर्व

सोमबार, माघ ५, २०८२

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ मनोनयन दर्ताका लागि मंगलबार रुकुम पूर्व पुगेका छन्। उनको आगमनसँगै १० वर्षे जनयुद्धको उद्गम थलोका रूपमा चिनिने रुकुम पूर्व पुनः राजनीतिक चासो र चर्चाको केन्द्रमा परेको छ।

प्रचण्डको स्वागतका लागि नेकपा रुकुम पूर्वले सिस्ने गाउँपालिका-५ स्थित कैँची मोडमा भव्य कार्यक्रम आयोजना गरेको थियो। स्वागत कार्यक्रममा जिल्लाका नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको जिल्ला पार्टी संयोजक कुमारी बरालले जानकारी दिइन्।

प्रकाशित मिति: सोमबार, माघ ५, २०८२  २१:०५
प्रतिक्रिया दिनुहोस्