सोसल मिडिया
युनिकोड
नेपाली कांग्रेस कोशी प्रदेशका झापा मोरङ र सुनसरी बाहेकका जिल्ला र निर्वाचन क्षेत्रबाट उम्मेदवारको टुंगो लगाएको छ । झापा मोरङ र सुनसरीको भने अझै टुंगो लाग्न सकेको छैन ।
अहिले सम्म टुंगो लागेका मध्ये एक जना मात्रै यस अघि प्रतिनिधि सभाका निर्वाचनमा उम्मेदवार बनेर विजयी भएका थिए ।
ओखलढुंगाबाट ७९को निर्वाचनमा विजयी भएका रामहरि खतिवडा बाहेक सबै नयाँ अनुहारलाई नेपाली कांग्रेसले उम्मेदवारको रूपमा अगाडि सारेको छ ।
कोशीका २८ मध्ये टुंगो लागेका १३ निर्वाचन क्षेत्रमा भने एक जना पनि महिलालाई उम्मेदवारको रूपमा अगाडि सारिएको छैन ।
उम्मेदवारको रूपमा अगाडि सारिएका धनकुटाका दिनेश राई भने ७४ र ७९को निर्वाचनमा धनकुटामा नगरपालिकाको मेयरमा पराजित भएका थिए ।
सोलुखुम्बु
प्रकाशसिंह कार्की
खोटाङ
वीरकाजी राई
ओखलढुंगा
रामहरि खतिवडा
उदयपुर १
बिदुर बस्नेत
उदयपुर २
रामकुमार राई
भोजपुर
बालकृष्ण थापा
संखुवासभा
दिपनकुमार श्रेष्ठ
तेह्थुम
सन्तोष सुब्बा
धनकुटा
दिनेश राई
ताप्लेजुंग
गजेन्द्र तुम्याहाङ
पाँचथर
नरेन्द्रकुमार केरुङ
इलाम
१ निष्कल राई
२ भेषराज आचार्य