बाबुरामका पूर्व पिएलाई प्रचण्डले टिकट दिए 

आइतबार, माघ ४, २०८२

पूर्व अर्थमन्त्री समेत रहेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले प्रतिनिधि सभा निर्वाचन लडिरहेको क्षेत्र रुपन्देही-२ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सुवास पाण्डे ‘विश्वदीप’लाई उम्मेदवार बनाएको छ। पौडेल भने यो पटक पाल्पाबाट चुनाव लड्दैछन्। 

आजै (आइतबार) बिहान पार्टी संयोजक प्रचण्डले उनलाई टिकट दिएका हुन्। पाण्डेले प्रचण्ड प्रधानमन्त्री रहेका बेला सचिवालयमा काम गरेका व्यक्ति हुन्। त्यो भन्दा पहिले पाण्डे पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईका स्वकीय सचिव थिए। 

आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधि सभा निर्वाचनका लागि अहिले दलहरूले धमाधम उम्मेदवार छनोट गरिरहेका छन्।

प्रकाशित मिति: आइतबार, माघ ४, २०८२  १०:२१
प्रतिक्रिया दिनुहोस्