रविन्द्रले अत्तो थापेपछि राप्रपाले उम्मेदवारको टुंगो लगाउनै सकेन

शनिबार, माघ ३, २०८२

राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौं १ मा विवाद चर्किएपछि काठमाडौं उपत्यकाभर उम्मेदवार चयन गर्न सकेको छैन । 

काठमाडौं १ मा पार्टीका सह कोषाध्यक्ष शोभित उप्रेती र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र दुबैजनाको दाबी परेपछि त्यसको प्रभाव अन्य निर्वाचन क्षेत्रमा पनि परेको हो । क्षेत्रिय निर्वाचन समितिले पशुपतिशम्शेर राणालाई पहिलो र शोभित उप्रेतीलाई दोस्रो नम्बरमा सिफारिस गरेको थियो । राणाले आफू उम्मेदवार नबन्ने घोषणा गरेपछि उप्रेतीले स्वतः आफनो दाबी प्रस्तुत गरेकाछन । मिश्रले पनि आफनो उम्मेदवारी रहने बताएका छन । 

वरिष्ठ उपाध्यक्ष मिश्र यो निर्वाचन क्षेत्रबाट दुईपटक पराजित भईसकेका छन भने यसपटक क्षेत्रिय समितिले उनको नाम सिफारिस गरेको थिएन । मिश्रले आफनै पहलमा बैठक राखेर आपनो नाम जिल्ला समितिमा पठाएका थिए । 

राप्रपाले विवाद मिलाउन आइतबार दुबै पक्षसँग छलफल गर्ने जनाएको छ । उप्रेती र मिश्रसहितको बैठकबाट निर्णय गरी उपत्यकाका उम्मेदवारको टुंगो लगाउने केन्द्रीय सल्लाहकार मदनदास श्रेष्ठले जानकारी गराए । 

प्रकाशित मिति: शनिबार, माघ ३, २०८२  २०:४४
प्रतिक्रिया दिनुहोस्